शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा

बिहीबार, २८ चैत २०८१, ०४ : ४९
बिहीबार, २८ चैत २०८१

काठमाडौं । फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीले च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा इंग्लिश क्लब एस्टन भिल्लाविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । 

पीएसजीको होम टाउन पार्क डेस पिन्सेसमा एस्टन भिल्ला ३-१ गोल अन्तरले स्तब्ध बन्यो । पीएसजीका लागि नूनो मेन्डिसले इन्जुरी टाइममा गोल गरे भने डेसिरे डोएले ३९ औं र खविचा क्वारत्सखेलियाले ४९ औं मिनेटमा गोल गरेका थिए । 

सुरुवाती अग्रता भने पाहुना टोली भिल्लाले लिएको थियो । उसका लागि मोर्गन रोजर्सले ३५ औं मिनेटमा गोल गरेका थिए । यी दुईबीचको दोस्रो लेग आउँदो हप्ता भिल्ला पार्कमा हुने तय भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप