च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे
बिहीबार, २८ चैत २०८१, ०४ : २८

काठमाडौं । स्पेनको शीर्ष क्लब बार्सिलोनाले च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा शानदार जित निकालेको छ । घरेलु मैदानमा बार्सिलोनाले जर्मनीको बोरुसिया डर्टमण्डलाई ४–० ले हरायो ।
बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा राफिन्हा र यामलले एक–एक गोल गरे । राफिन्हाले च्याम्पियन्स लिग अभियानमा लियोनल मेस्सीसँग रेकर्ड बराबरी समेत गरेका छन् ।
ब्रजिलियन अग्रपंक्ति राफिन्हाले एकै सिजन १९ गोल तथा दुई असिस्ट गरेको रेकर्ड बनाएका छन् । जुन सन् २०११-०१२ मा मेस्सीले हासिल गरेका थिए । च्याम्पियन्स लिगको सेमीफाइनल प्रवेशका लागि आउँदो मंगलबार बार्सिलोनाले डर्टमण्डको घरेलु मैदानमा दोस्रो लेग खेल्ने तय भएको छ ।
डर्टमण्ड अघिल्लो सिजन बार्सिलोनाको कट्टर प्रतिस्पर्धी रियाल मड्रिडलाई टक्कर दिँदै उपविजेता बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
-
नेकपा एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित
-
इंग्ल्याण्डका नागरिक कैलालीमा मृत फेला
-
डोटीमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या
-
अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक