गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम

पाल्पा । बालविवाह न्यूनीकरणका लागि पाल्पाको निस्दी गाउँपालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ । पालिकास्तरमा बालविवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि यहाँ पछिल्ला वर्षमा बालविवाह हुने क्रम घट्दो अवस्थामा छ ।
निस्दीमा २०७९ मा २७६ जोडीले बालविवाह गरेकामा २०८१ सालको हालसम्म भने यस्ता आठ जोडी मात्र रहेका बालकल्याण अधिकारी कृश्माखर पाण्डेले जानकारी दिए ।
उनका अनुसार उमेर नपुग्दै विवाह गर्ने जोडीलाई बालमैत्री शाखाको समन्वयमा अभिभावक, जनप्रतिनिधि, प्रहरीको रोहवरमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने सहमतिमा छुटाइने गरिएको छ । २०८० मा ५२ जोडीले बालविवाह गरेको तथ्याङ्क छ ।
अहिले विद्यार्थीलाई सचेत र थप सक्रिय बनाउन विद्यार्थीमाझ जनचेतनामूलक कार्यक्रम र पालिकामा बालविवाह न्यूनीकरण गर्न २०७९ देखि विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन भइरहेका छन् ।
गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले आगामी २०८३ सालभित्र बालमैत्री गाउँपालिका घोषणा गर्न पालिकास्तरबाट विभिन्न कार्यक्रमका साथ युवामैत्री पालिका निर्माणमा पनि जोड दिइएको बताए । विद्यालयमा बालविवाह न्यूनीकरण गर्न बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीबीच बौद्धिक तथा शारीरिक प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।
गाउँपालिकाको अभियानअन्तर्गत वडालाई २०८२ भित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित काम भइरहेको निस्दी–२ का वडाध्यक्ष एवं बालमैत्री शासन समिति संयोजक फत्तेसिं दर्लामीले बताए । बालविवाहविरुद्ध सचेतना जगाउन, बालअधिकारको प्रत्याभूति दिलाउन, बालबालिकाको शारीरिक र मानसिक विकासका लागि बालमेला आयोजना गरिएको उनी बताउाछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म