नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
_3JefqLBsAp.jpg)
चितवन । नयाँ वर्ष २०८२ को अवसरमा चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा चैत्र ३१ गते भव्य साङ्गीतिक कन्सर्ट हुने भएको छ । एस डि इभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य साङ्गीतिक कन्सर्ट गर्न लागेको हो ।
कन्सर्टमा चर्चित पाँच ब्यान्डको बेजोड प्र्रस्तुति रहने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । कन्सर्टमा द एक्स ब्याण्ड, ‘कुटुम्ब, ‘मन्त्र’, ‘समीर श्रेष्ठ एण्ड द गुड ब्वाइज’ र ‘केहर एण्ड जोय’ ब्यान्डको प्रस्तुति रहने छ ।
दिउँसो ३ बजेबाट सुरु हुने कन्सर्ट राति नयाँ वर्षको स्वागत गरेसँगै सकिने छ । एकै दिन यति धेरै चर्चित ब्यान्डहरूको प्रस्तुति चितवनमा पहिलो पटक हुन लागेको आयोजकको दाबी छ ।
नयाँ वर्षमा रक्तदानको चेतना फैलाउने उद्देश्यले साङ्गीतिक कार्यक्रम गर्न लागिएको आयोजक पक्षले जनाएको छ । ‘म्युजिक फर ब्लड’ को नारा नै दिएर साङ्गीतिक कार्यक्रमको तयारी गरिएको समेत बताइएको छ ।
कन्सर्टमा करिब १५ हजारभन्दा बढी दर्शक आउने आयोजकको अनुमान छ । कन्सर्टमा प्रवेशका लागि खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।
कन्सर्टमा सहभागी भई सफल पार्न आयोजकले चितवन र यस आसपासका जिल्लावासी सहित न्यु इएर मनाउन चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आह्वान गरेको छ ।
सन्देश र मनोरञ्जन एकसाथ दिने उद्देश्यले भव्य साङ्गीतिक कन्सर्ट आयोजना गरिएकाले कार्यक्रम सफल हुने आयोजकको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू