साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य

अहमदाबाद । साई सुदर्शनको शानदार ब्याटिङको मद्दतले गुजरात टाइटन्सले राजस्थान रोयल्ससामु जितका लागि २ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को २३ औँ खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २१७ रन बनाएको हो ।
खेलमा गुजरातको सुरुवात भने राम्रो हुन सकेन । कप्तान शुभमन गिल मात्र २ रन बनाएर पभेलियन फर्किए । त्यसपछि सुदर्शन र जोस बट्लर मिलेर टोलीको इनिङ्स अगाडि बढाए ।
सुदर्शनले मात्र ५३ बलमा ८२ रन जोडे । उनले ८ चौका र ३ छक्का प्रहार गरे । यो सिजन आईपीएलमा उनको ब्याटबाट रनको वर्षा जारी रहेको छ । उता, बट्लरले २५ बलमा ३६ रनको योगदान दिए । उनले ५ चौका हिर्काए ।
त्यस्तै, साहरुख खानले पनि ३६ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले २० बलमा ४ चौका र २ छक्का प्रहार गरे । खेलको अन्त्यतिर राहुल तेवाटियाले २४ रन तथा रासिद खानले १२ रन जोडे ।
राजस्थानका लागि महिष थिकसाना र तुसाल देशपाण्डेले २–२ विकेट लिए । जोफ्रा आर्चर र सन्दीप शर्माको नाममा १–१ विकेट रह्यो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित