बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

बुधबार, २७ चैत २०८१, २१ : ३७
बुधबार, २७ चैत २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्ने बताएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै एक सातादेखि आन्दोलनरत शिक्षकले उठाउँदै आएको नयाँ शिक्षा ऐन ल्याउनुपर्नेलगायत जायज मागहरू पूरा गर्नुपर्ने बताए ।

शिक्षकहरूको जायज र न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै नेता खनालले देशभरका शिक्षकका जायज मागप्रति सम्पूर्ण न्यायप्रेमी, देशभक्त जनता र शक्तिहरूको सहयोगको अपेक्षा गरेका छन् ।

ज्ञानका माध्यमबाट शिक्षाको ज्योति फैलाउने गुरुहरुले समस्त बालबालिकालाई शिक्षाको आलोकबाट समाजलाई आलोकित गरिरहेको बताउँदै उनले शिक्षकहरूले बालेको नवचेतनाको ज्योतिले देशको भविष्य निर्माणमा योगदान गरिरहेको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले शिक्षकहरू सिङ्गो समाजका गुरुहरू भएकाले उनीहरूका मागलाई पूरा गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप