सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय
समाचार

मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छु : दुर्गा प्रसाईं

महर्जन र रजकको परिवारलाई पाँच/पाँच लाख दिने घोषणा
बुधबार, २७ चैत २०८१, १८ : ५९
बुधबार, २७ चैत २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईले आफू नभागेको तर, ‘जोगिएको’ बताएका छन् । 

सामाजिक सञ्जाल मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै उनले मानवअधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको सन्देश दिएका छन् । 

उनले भनेका छन्, ‘म भाग्न जन्मेको होइन्, नेपालमै कतै छु ।’

प्रसाईंले चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनको परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप