शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ

बुधबार, २७ चैत २०८१, १८ : ४०
बुधबार, २७ चैत २०८१

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–८ बाट सशस्त्र प्रहरीले लागुऔषध पोल्याण्ड सहित दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–६ बस्ने अमृत भण्डारी र धुलिखेल–४ बस्ने ३० वर्षीय श्रीकृष्ण सत्याल छन् । 

आरोपीहरुको साथबाट ५ किलो लागुऔषध पोल्याण्ड बरामद गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको सुचनाको आाधारमा नम्बर–१५ गण काभ्रेले उनिहरलाई पक्राउ गरेर स्थानिय प्रहरीलाई जिम्मा लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप