शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

तीनकुने घटनामा संलग्न आरोपमा ‘मेकानिकल इन्जिनियर’ पक्राउ

बुधबार, २७ चैत २०८१, १८ : २२
बुधबार, २७ चैत २०८१

काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनमा अवान्छित गतिविधी गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफुलाई मेकानिकल इन्जिनियर बताउने शिशिर जिसी छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिसीलाई  ललितपुरको मेरोसिटी अपार्टमेन्टबाट पक्राउ गरेको हो । ३१ वर्षीय जिसीलाई कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइने उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

पुर्वराजा समर्थकहरुको प्रदर्शनमा सहभागी आरोपमा बुधवार नै प्रहरीले ललितपुरबाट कमल विष्टलाई पक्राउ गरेको थियो । ललितपुरको ठेचो घर भएका विष्ट राप्रपा नेपालका विद्रोही नेता केशरबहादुर विष्ट निकट हुन् । चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा अवान्छित गतिबिधी गरेको आरोपमा पक्राउ पर्नेको संख्या ७७ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप