स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँग भेट गरेका छन् ।
भेटमा माल्दिभ्सका चिकित्सकहरुलाई नेपालमा स्नातकोत्तर पीजी शिक्षा उपलब्ध गराउने वातावरण बनाउन पहल भइरहेको पौडेलले बताए ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले खदिजासँग भेटेका हुन् । भेटवार्ताका क्रममा यसअघि त्यहाँका स्वास्थ्य मन्त्रीसँगको वार्तामा भएका कुराकानीका आधारमा अध्ययनका लागि समिति गठन गरेर काम भैरहेको पौडेलले बताए ।
वार्तामा स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र माल्दिभ्सबीचको सम्बन्ध सुमधुर रहेको र नेपालमा अनुकुल महसुस गर्ने भएकाले त्यहाँका विद्यार्थीलाई नेपालमा अध्ययनका लागि पठाउन आफूहरु इच्छुक रहेको बताइन् ।
उनले चिकित्सकहरुका लागि नेपाल राम्रो गन्तव्य रहेको बताएकी थिइन् ।जवाफमा मन्त्री पौडेलले यथासिघ्र तयारी पुरा गरेर अध्ययनका लागि वातावरण मिलाउने प्रतिबद्धता जनाए ।
मन्त्री पौडेलले नेपाल माल्दिभ्सका नागरिकलाई एमबीबीएस शिक्षा दिलाउनका लागि समेत तयार रहेको बताए ।
मन्त्री पौडेलले यसअघि गत असोज ७ गते इन्डोनेसियाको जाकार्तामा माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलीलसँगको वार्तापछि माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी अध्ययन गराउन आवश्यक सुझाव दिन संयुक्त समिति गठन गरेका थिए ।
माल्दिभ्सले नेपालले वातावरण बनाएमा पीजी विद्यार्थी पठाउने बताए पछि मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिललाई चिकित्सा शिक्षाको द्विपक्षीय मान्यता तथा प्रवद्र्धनका उपायबारे सुझाव दिन आग्रह गरेका थिए ।
सोही अनुसार काउन्सिलले दुवै देशको मापदण्डका आधारमा द्विपक्षीय सम्झौतापश्चात विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन सकिने आसयको प्रतिवेदन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
-
न्यायाधीश नियुक्ति सधैँ विवादित : संसदीय सुनुवाइ अन्त्य कि न्याय परिषद्कै पुनर्संरचना ?
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
-
न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइको औचित्य छैन
-
मिश्र परिवारको सुखद संयोग : बुवाले बारको अध्यक्षमा शपथ लिएको दुई दिनमै छोरी स्ववियु कोषाध्यक्षमा निर्वाचित
-
गण्डकीका सबै अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषद्को निर्णय