बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू
फोटोफिचर

अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू

बुधबार, २७ चैत २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२८ पुरानो बसपार्कमा १३ तलासम्म निर्माण भइसकेको काठमाडौँ भ्यु-टावर  निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । 

Kathmandu View Tower_Nepal Photo library_NPL1

मेयर बालेन शाहले काठमाडौँ टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै सरकारको समेत संलग्नता रहेको आशङ्का व्यक्त गरेर काठमाडौँ भ्यु-टावर भत्काउने तयारी गरिएको पनि चर्चा छ । तर काठमाडौँ महानगरले भत्काउने विषयमा अहिलेसम्म औपचारिक निर्णय भने गरिसकेको छैन ।

Kathmandu View Tower_Nepal Photo library_NPL2

वि.सं २०७१ मा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार ०७५ फागुनभित्र कम्पनीले भ्यु टावरको निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर १० वर्ष बितिसक्दा पनि निर्माण कार्य भने सकिएको छैन । भ्यू टावरको १२औँ तलाको काम सम्पन्न गरेर बसेको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालि बाँकी तला थप गरेर सञ्चालनमा ल्याउने योजना बन्दा भवनलाई अलपत्र अवस्थामा छाडिएको हो ।

Kathmandu View Tower_Nepal Photo library_NPL3

उक्त टावर २३ रोपनी पाँच आना जग्गामा बन्दैछ । व्यावसायिक उक्त टावरमा पार्किङ, सिनेमा हल, थिएटर, रेस्टुरेन्ट, बैंक आदि बन्ने भनिएको छ  ।

Kathmandu View Tower_Nepal Photo library_NPL4Kathmandu View Tower_Nepal Photo library_NPL5Kathmandu View Tower_Nepal Photo library_NPL6Kathmandu View Tower_Nepal Photo library_NPL7Kathmandu View Tower_Nepal Photo library_NPL8Kathmandu View Tower_Nepal Photo library_NPL9Kathmandu View Tower_Nepal Photo library_NPL10Kathmandu View Tower_Nepal Photo library_NPL11Kathmandu View Tower_Nepal Photo library_NPL12Kathmandu View Tower_Nepal Photo library_NPL13Kathmandu View Tower_Nepal Photo library_NPL14Kathmandu View Tower_Nepal Photo library_NPL15Kathmandu View Tower_Nepal Photo library_NPL16Kathmandu View Tower_Nepal Photo library_NPL17Kathmandu View Tower_Nepal Photo library_NPL18Kathmandu View Tower_Nepal Photo library_NPL19Kathmandu View Tower_Nepal Photo library_NPL20

तस्बिरहरू  : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया