शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

पाणिनि क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ : प्रधानमन्त्री

बुधबार, २७ चैत २०८१, १५ : ०६
बुधबार, २७ चैत २०८१

अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिलाई श्रद्धा र सम्मान गर्दै पाणिनि क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यान जाने बताएका छन् । 

अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूूमि सम्मेलनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त स्थललाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकाससित गर्न सरकार तत्पर रहेको बताएका हुन् । 

विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन आयोजना गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप