‘एक्सन चुनौती पुर्ण रहेछ’

काठमाडौँ । विपिन कार्की अभिनयमा माहिर मानिन्छन् । फिल्ममा उनलाई चिन्न हम्मेहम्मे पर्छ । रियलमा भन्दा पनि उनी रिलमा फरक देखिन्छन् ।
किनकी फिल्मी चरित्रमा उनी आफुलाई भिन्न गेटअप, हाउभाउका साथ प्रस्तुत गर्दै आएका छन् । उदाहरणको रुपमा फिल्म कालोपोथीको ‘दलित पात्र’, पशुपति प्रसादका ‘भष्मे डन’ ‘जात्रा’ र ‘जात्रै जात्रा’का फणिन्द्र तिमिल्सिना, ‘नाका’को ‘जुन डन’देखि ‘एक भगवत गीता’को ‘कमलामाई’लाई लिन सकिन्छ । यी सबै चरित्रमा बिपिन नै हो भनेर जो सजिलै पत्याउन सकिन्न ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने ‘कर्मा’मा भने दर्शकलाई विपिनलाई चिन्न गाहे पर्नेछैन । किनभने फिल्ममा उनी रियल झै रिलमा देखिदैछन् । त्यसो त, दर्शकले यो पटक उनको फरक अभिनय देख्न नपाउने भने होइन । दर्शकले फिल्ममा उनलाई पहिलो पटक एक्सन अवतारमा देख्न पाउनेछन् ।
‘फिल्ममा मेरो गेटअफ र अभिनय हेर्न जाने दर्शकले यसमा पनि निरास हुनुपर्ने छैन । किनभने दर्शकले अहिलेसम्म नदेखेको भुमिकामा मलाई देख्छन्’, विपिनले भने ‘फिल्ममा मैले कमर्सियल फिल्मका हिरो शैलीको अभिनय गरेको छु ।’ दर्शकले फिल्म हेरेर मनोरञ्जन लिनेमा आफु उनी ढुक्क छन् । भने, ‘फिल्मले दर्शकलाई पहिले झै सन्टुष्टी र मनोरञ्जन दिन्छ ।’
‘कर्मा’ सौरभ चौधरीको निर्देशन रहेको एक्सन प्रधान फिल्म हो । विपिन आफ्ना लागि कर्मा नयाँ जनरको फिल्म भएको बताउछन् ।
‘अहिलेसम्म मैले जति फिल्म अभिनय गरे । सबैमा रियालिस्टिक अभिनय गरेको हो । यो फिल्ममा तरिका फरक थियो’, उनी अगाडि भन्छन् ‘यसमा फिल्मी अभिनय छ । अरु कलाकारका लागि यो ठुलो कुरो होइन होला । मेरो लागि ठुलो थियो ।’ फिल्मको हिरो जस्तो बोल्ने, गटेअफ र हाउभाउ गर्ने आफ्ना लागि चुनौती नै भएको उनी सुनाउँछन् । उनी भन्छन्, ‘म रियालिस्टक अभिनय गर्नुपर्ने कलाकार, यो फिल्ममा ढाचापारेर हिरोगिरी देखाउनुपर्यो ।’
फिल्मको फम्याट त्यस्तै भएर पनि आफुले बाध्य भएर त्यस्तो अभिनय गरेको बताउने उनी अभिनयमा भने इन्जोय नै गरेको बताउँछन् ।
हुन त विपिनले यण्सअघिका फिल्ममा एक्सन गर्दै नगरेको भने होइन । ‘नाका’ र ‘एक भगवत् गीता’मा सानोतिनो एक्सन गरेका थिए । तर, एक्सन बेसकै फिल्म अभिनय उनका लागि यो पहिलो थियो । ‘चरित्र एउटा प्रोटागोनिष्ट नै हो । फिल्मको म लिड हो । कथा रिभेन्सको स्टोर हो’, उनले फिल्मबारे थप प्रष्ट पारे ‘फिल्म परिवारिक ड्रामा छ । आमासँगको इमोसनले सबैको मनछुन्छ ।’
चरित्रको अभिनय जस्तो भएपनि सहज रुपमा लिदै आएका उनलाई एक्सन केही गाहे भयो रे । पहिलो पटक भएर पनि उनले यस्तो महसुस गरेको हुनसक्छ । एक्सन बिषयमा केही जनाकार नभएका उनी यसबाट धेरै कुरो सिक्न समेत सफल रहे ।
‘एक्सनमा कलाकारको भन्दा धेरै काम एक्सन निर्देशक र टेक्निसियनको हुदो रहेछ’, उनले अनुभव राखे ‘एक्सन फिल्म एक्टरको बसमा भन्दा पनि एक्सन निर्देशकको बसमा हुँदोरहेछ ।’
एक्सन गाहे भएपनि गर्न पाएकोमा खुसी छन् उनी । अब फेरि एक्सन फिल्ममा देखिने चाँहना उनको छ । ‘एक्सन रिक्स र रमाइलो दुबै हँुदो रहेछ, भर्खर त्यो भेउ पाउदैछु’, उनले थपे ।
फिल्मको पोष्टर, टिजर र ट्रेलर समेत उनका एक्सन प्रथामिकतामा परेका छन् । प्रचारका लागि सार्वजनिक सामाग्रीमा उनको एक्सन अवतारलाई साउथ सुपरस्टार धनुससँग तुलना भैरहेको छ । त्यसरी दाजिनु आफ्ना लागि खुसीको कुरो मान्छन् उनी । ठुलो उद्योगको पपुलर कलाकारसँग दाज्दा राम्रो बाटोमा रहेछु भन्ने आफुलाई फिल भएको उनी बताउँछन् ।
कलाकारलाई सधै फरक भूमिका अभिनयको लोभ हुन्छ । त्यही लोभले उनले यो फिल्म रोजेका थिए । अहिले पनि उनको मनमा अझै धेरै चरित्रको लोभ छ । ‘जति नै अभिनय गर्दा पनि भर्खर केही गरे । अझै धेरै भुमिका गर्नु छ भन्ने तृष्णा मनमा भैरहदो रहेछ’, उनले भने ‘यहि तृष्णाले नै कलाकारलाई अभिनयमा प्रेरित गरिरहे हो ।’
कलाकारले चाहेर मात्र भने जस्तो भुमिका गर्न नपाउने बुझाइका उनी निर्देशकले चाहे फरक भुमिका मिल्ने सुनाउँछन् । ‘हामीले पाएको भुमिका निर्देशकले चाँहे जस्तो भयो कि भएन भनेर बेष्ट दिनुपर्छ’, उनी भन्दै गए ‘हामीले निर्देशकले सोचेको कुरामा बेष्ट दिन सक्यो भने उहाँहरुले नयाँ नयाँ सोच राख्नुहुन्छ ।’ अभिनयमा आफ्नो भन्दा पनि निर्देशकको सन्टुष्टी सधै आफ्नो प्रथामिकतामा पर्दै आएको उनी राख्छन् ।
फिल्म ‘कर्मा’मा विपिनको अलवा उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ । फिल्ममा मुकुन भुषाल नेगेटिभ भुमिकामा छन् ।
फिल्ममा थुप्रै कलाकार भएपनि प्रचारमा उनको र मुकुनको बढी दौडधुप छ । किनभने उनका लागि कमर्सियल फिल्ममा आफ्नो बलियो उपस्थित देखाउने यो मौका पनि हो । फिल्म ‘जात्रा’ सिरिजबाहेक सोलो हिट हुने अवसर पनि हो । ‘जात्रा’ सिरिजबाहेक उनको नामबाट कमै मात्र फिल्म चलेको छ । फिल्मले बक्स अफिसमा बलियो उपस्थिति जनाउन सक्यो भने सबैभन्दा बढी फाइदा उनलाई नै हुने देखिन्छ । फिल्ममा उनको जोडी उपासना सिंह ठकुरी बनेकी छन् । उपासना यो फिल्मको प्रचारमा त्यति हिडेको देखिन्न ।
विपिन पछिल्लो समयका सर्वाधिक ब्यस्त कलाकार हुन् । उनको नयाँ फिल्म ‘पहाड’को सुटिङ चलिरहेको छ, भने ‘उनको स्वीटर’ बैशाखबाट प्रदर्शनमा आउदैछ । चरित्र प्रधान फिल्मका लागि उनी निर्माता निर्देशकको पहिलो रोजाइका कालाकार हुन् । ‘कर्मा’ हिट भयो भने कर्मसिलय फिल्ममा पनि उनको डिमान्ड बढ्नेमा दुईमत छैन ।
एक्सन ड्रामा जनरामा निर्माण भएको ‘कर्मा’को कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज फिल्मले लिएको छ । फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुतिमा वसन्त लम्सालले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्