१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताएका छन् । बुधवार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्दै मन्त्री खड्काले १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले कामहरू अघि बढाइरहेको बताएका हुन् ।
उनले दुई ठुला छिमेकी देशहरूसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको ऊर्जा क्षेत्रको विकास गर्ने बताए । उनले पछिल्लो समय जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै खुसी प्रकट गरे ।
उनले भने- ‘ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने विश्वासका साथ अहिले १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राख्दै गर्दा हाम्रा छिमेकी मित्रहरू चीन, भारत जस्ता देशहरूले दुई ठुला मुलुकहरू हुन्, आर्थिक हिसाबले सम्पन्न मुलुकहरूले हामीलाई पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्न चाहन्छु । हामी सँगसँगै यहाँहरूसँग हिँड्न चाहन्छौँ । दुईवटा छिमेकी मुलुकहरू भन्दा पर नबसीकन कदममा कदम मिलाएर हिँड्न नेपाल चाहन्छ ।’
विद्युत् क्षेत्रमा लगानी गरेर मात्रै आर्थिक समृद्धि आउँछ भन्ने महसुस गरेर सबैले लगानी बढाइरहेको बताए । उनले अहिले ऊर्जा क्षेत्रले छिमेकीहरूको बिचमा सम्बन्ध प्रगाढ बनाएको जिकिर गरे । मन्त्री खड्काले नागरिकको घरमा लोडसेडिङ नहुने बताए । विद्युत् प्राधिकरणको आर्थिक अवस्था त्यत्ति राम्रो नरहेको भए पनि प्रचुर मात्रामा सुधार गर्न सक्ने ठाउँहरू रहेको उनको भनाई थियो ।
एसियाकै उत्कृष्ट दक्ष इन्जिनियर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेको भन्दै आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
बिहिबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र
-
शिक्षा उपसमिति बैठक : विद्यालय शिक्षा विधेयकका थप २ दफामा छलफल
-
कर्मचारीहरुलाई मन्त्री दाहालले भने, ‘सुशासनयुक्त सेवा प्रवाह गर्नुस्’
-
चैत्र महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार