राय, सुझाव र प्रतिक्रियाबारे छलफल गर्न सर्च कमिटीको बैठक

काठमाडौँ । संक्रममणकालीन न्याय सम्बन्धी आयोगका लागि नाम सिफारिस गर्न गठित समिति (सर्च कमिटी)को बैठक बस्दैछ । कमिटीका प्रवक्ता डा.लिली थापाका अनुसार अनुसार केहीबेरमा बस्ने बैठकमा आयोगका अध्यक्ष तथा सदस्यहरूको नाम सिफारिस सम्बन्धी छनोट प्रक्रियाको मस्यौदामा मागिएको राय सुझाव र प्रतिक्रियाका बारेमा छलफल हुनेछ ।
‘आज कमिटीको बैठक बस्दैछ । सोही बैठकमा के कति र के कस्ता सुझाव आए भन्ने खुल्छ’, थापाले भनिन्, ‘त्यसपछि बाँकी प्रक्रिया अघि बढ्छ ।’
मन्त्रिपरिषद्को चैत ११ को बैठकले सिफारिस समिति गठन गरेको थियो । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित समितिमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट डा.लिली थापा सदस्य छन् ।
कमिटीलाई आयोगका अध्यक्ष तथा सदस्यहरू छनोट गर्न २ महिनाको समय दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ