प्रधानमन्त्री ओली अर्घाखाँचीको पाणिनीमा

अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन गर्न अर्घाखाँचीको पाणिनी आएका छन् । प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन हुँदैछ । दुई दिनसम्म चल्ने सम्मेलनले संस्कृतको पुनरुत्थानसँगै पर्यटनको विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सांस्कृतिक गौरवको पुनर्जागरणका मद्दत पुग्ने विश्वास गरिएको छ ।
पाकिस्तानको लोहारबाट सयौँ वर्ष पहिले अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पाणिनि गाउँपालिका १ र २ को पणेना जङ्गलमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहास रहेको छ । २०७६ सालमा नेपाल सरकारले सय गन्तव्यभित्र पाणिनि तपो भूमिलाई पनि समेटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
-
शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा
-
बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक
-
अमेरिकासँग रोममा दोस्रो चरणको आणविक वार्ता गर्दै इरान
-
इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ : बालेन
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय