सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय
८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
शिक्षक आन्दोलन

८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू

बुधबार, २७ चैत २०८१

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले बुधबार पनि प्रदर्शन गरेका छन् । उनीहरू ८ दिनदेखि सडकमा उत्रेर विरोध प्रदर्शन गरिरहेका हुन् ।

teacher protest (1)

सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै मंगलबार उनीहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका थिए ।

teacher protest (2)

काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका छन् । 

teacher protest (3)

उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकहरूको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।

teacher protest (4)

महासंघले आफूहरूको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ । प्रदर्शनकारीहरूले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगायतका नारा लगाएका थिए । 

teacher protest (5)teacher protest (6)teacher protest (7)teacher protest (8)teacher protest (9)teacher protest (10)teacher protest (11)teacher protest (12)teacher protest (13)teacher protest (14)teacher protest (15)teacher protest (16)teacher protest (17)teacher protest (18)teacher protest (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया