संखुवासभामा शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
_Vi3IpPPhZR.jpg)
किमाथाङ्का । यस वर्ष शैक्षिकसत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक पुगेको हो ।
भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक समय अगावै उपलब्ध गराएका हुन् । यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिकसत्र सुरु नहुँदै गाउँगाउँमा पाठ्यपुस्तक पुगिसकेका बिक्रेताले जनाएका छन् ।
सदरमुकाम खाँदबारीका पुस्तक व्यवसायीले सरकारी बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरिरहेका व्यवसायी कृष्ण भण्डारीले बताए । सामूहिक लगानीमा बिक्रीकक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालिएको उनको भनाइ छ ।
भण्डारीले जिल्लाका १० वटै स्थानीय तहमा ८० प्रतिशत बढी पुस्तक पुगिसेको जानकारी दिए । उनका अनुसार अन्य स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका छन् । सङ्खुवासभामा प्रतिकक्षा दुई हजार ५०० सयका दरले पुस्तक आवश्यक पर्दछ ।
सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको व्यवसायीको भनाइ छ । यो वर्ष जिल्लामा वैशाख १ गतेभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने गरी वितरण भइरहेको भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी