धरानको पानबारीस्थित जङ्गलमा एक महिला मृत फेला, हत्या गरेको आशङ्का
बुधबार, २७ चैत २०८१, १२ : २८

विराटनगर । सुनसरीको धरान–६ पानबारीस्थित जङ्गलमा एक अधबैँसे महिला मृत फेला परेकी छिन् । अन्दाजी ३५–४० वर्षजस्तो देखिने ती महिलाको पहिचान अहिलेसम्म खुल्न नसकेको धरानका प्रहरी प्रमुख डिएसपी प्रकाश जबेगूले बताए ।
पानबारीको लिम्बुचौरीदेखि केही तलको जङ्गलमा ती महिलाको शव फेला परेको हो । नाङ्गो अवस्थामा फेला परेकी ती महिलाको हत्या भएको हो कि के हो भन्ने विषयमा अहिले नै केही भन्न नसकिने जबेगूले बताए ।
स्थानीयले भने उनको बलात्कार पछि हत्या भएको हुनसक्ने आशङ्का गरेका छन् । महिलाको शरीरको माथिल्लो भागमा लुगा लगाएको देखिन्छ भने घाँटीमा कालो कपडाले बाँधेर रुखमा लगेर बाँधिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ