बाराबाट २ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ

बारा । बारा प्रहरीले ठुलो परिमाणमा लागु औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले २ किलो ९९ ग्राम अफिमसहित एक जना पक्राउ गरेको हो ।
प्रहरीको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–६, गम्हरिया निवासी सरोज प्रसाद साहलाई पक्राउ गरेको हो ।
बारा जिल्लाको अमलेखगञ्जबाट प्रहरीले साहलाई अफिमसहित पक्राउ गरेको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
उनका अनुसार अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँच गर्दा उक्त मोटरसाइकलबाट लागु औषध अफिम फेला पारेको हो।
प्रहरीले साहको साथबाट प्र.२–०३–००९ प ३८७८ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ ।
जाँचको क्रममा सोही मोटरसाइकलको सिटमुनी लुकाई राखिएको अफिम जस्तो देखिने पदार्थ बरामद भएको बारा प्रहरीले जनाएको छ।
पक्राउ परेका साह र बरामद मोटरसाइकललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त