बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तस्बिरमा हेर्नुहोस् अछाम आगलागीले पुर्‍याएको क्षति

बुधबार, २७ चैत २०८१, १० : ०२
बुधबार, २७ चैत २०८१

अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको  आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ । 

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । 

अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट रु सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरूबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन  गरिने बताए । 

मंगलसेन नगरपालिकाको दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासीको प्रयासमा आगो राति १२ बजेतिर नियन्त्रणमा लिइएको हो। यद्यपि पूर्ण रूपमा निभिन भने अझै समय लाग्ने प्रहरीको भनाइ छ। फोटो : धनराज साउँद

acham aagolagi (2)acham aagolagi (3)acham aagolagi (4)acham aagolagi (5)acham aagolagi (6)acham aagolagi (7)acham aagolagi (8)acham aagolagi (9)acham aagolagi (10)acham aagolagi (11)acham aagolagi (12)acham aagolagi (13)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप