सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण

पोखरा । सहकारीको ऋण नतिर्ने र बचतकर्ताको पनि सहकारीप्रति विश्वास नभएपछि बागलुङमा पुराण लगाइएको छ । सहकारीबाट ऋण लगेर तिर्न कठिन भएका ऋणीको ग्रहशान्ति गर्न र सदस्यलाई सहकारीप्रति विश्वासको वातावरण सिर्जना गराउन पुराण लगाइएको हो ।
बागलुङको सिवाइसी सहकारीले सदस्यलाई जागरूक नबनाउँदासम्म सहकारीको भविष्य नरहेको निष्कर्ष निकालेर पुराण आयोजना गरिएको अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिए ।
‘यति धेरै सहकारी छन् । २–४ वटा सहकारीले बदमासी गरेका होलान्,’ उनले भने, ‘सबैलाई एउटै डालोमा हालेर खत्तम छन् भन्दा झन् राम्रा सहकारी पनि बिग्रिएका छन् । त्यसैले सदस्यहरू नै जागरूक हुनुपर्छ ।’ सहकारीप्रति नकारात्मक कुरा नहोस् भन्ने सचेत गराउन पुराण लगाइएको उनले सुनाए ।
सहकारीको १६ औँ स्थापना दिवसको अवसरमा भजन कीर्तन मार्फत आफ्ना सदस्यहरूको ग्रहशान्ति गरिएको शर्माको भनाई छ । सिवाइसी सहकारीमा २६ हजार ३०० जना सदस्य छन् भने २५ वटा सेवा केन्द्र सञ्चालनमा छ । धवलागिरीका ४ जिल्लामा कार्यक्षेत्र रहेको सहकारी नेपालमै सबैभन्दा धेरै सहकारी संस्था एकीकरण भएर बनेको हो । हालसम्म ३२ वटा सहकारी एकीकरण भैसकेको उनको भनाई छ ।
सहकारीमा हाल १ अर्ब ५२ करोड बचत छ भने १ अर्ब ३४ करोड ऋण लगानी गरिएको छ । ‘सहकारी भनिसकेपछि अलिअलि भाका नाघेको ऋण नहुने कुरा भएन । तर त्यति धेरै समस्या चाहिँ छैन,’ उनी भन्छन्, ‘कार्यक्रम गरेपछि भाका नाघेका ऋणीहरू पनि सम्पर्कमा आएका छन् । सकारात्मक सञ्चार भैसकेको छ ।’ पछिल्लो १५ दिनमा मात्रै ५ सय नयाँ बचतकर्ता थप भएका र ३ करोड बचत जम्मा भैसकेको सहकारीले जनाएको छ । सिवाइसीले ऋण सङ्कलन गर्न र सदस्यलाई क्रियाशील बनाइराख्न चैत १३ गतेदेखि सदस्य जागरण अभियान चलाएको हो । जागौँ, जगाऔँ र बढाऔँ अभियान सञ्चालन गरिएको शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रास्वपाको महाधिवेशन सर्यो–राप्रपा निषेधित क्षेत्रमा, प्रहरीको बढुवामा गोलमाल
-
सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुने
-
मुम्बईविरुद्ध १६२ रनमै रोकियो हैदरावाद, चलेनन् ब्याटर
-
गौतम डब्लुएचओ सल्लाहकार समितिको उपाध्यक्ष नियुक्त
-
अभियान र अधिवेशन वैशाखसम्म सक्ने जसपा नेपालको तयारी
-
केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा