अफगानिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार खेलिने तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानको यू–१९ टोलीविरुद्ध नेपालको यू–१९ टोलीले पहिले ब्याटिङ गर्ने भएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट रंगशालामा अफगानिस्तानले टस जिती पहिले क्षेत्ररक्षण (फिल्डिङ) गर्ने निर्णय लिएको हो । जारी शृंखलामा नेपालले लगातार तेस्रो पटक टस हारेको हो ।
तीन खेलको शृंखला यसअघि नै अफगानिस्तानले जितिसकेको छ । अफगानिस्तानको यू–१९ टोली पहिलो खेलमा एक सय ३० रन र दोस्रो खेलमा एक रनले विजयी भएको थियो ।
त्यसैले बुधबारको खेलमा नेपाली टोली सान्त्वना जितको खोजिमा हुनेछ । अफगानिस्तानको टोली भने लगातार तेस्रो जित निकालदै शृंखलालाई ‘ह्वाइट वास’ गर्ने धुनमा रहने छ ।
नेपालमै आयोजना हुने आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका क्रममा यो शृंखला खेलिएको हो । विश्वकप छनोट खेल पनि मुलपानी क्रिकेट मैदानमै हुनेछ । नेपाल र अफगानिस्तानबिचको शृंखलालाई यूथ एककदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रास्वपाको महाधिवेशन सर्यो–राप्रपा निषेधित क्षेत्रमा, प्रहरीको बढुवामा गोलमाल
-
सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुने
-
मुम्बईविरुद्ध १६२ रनमै रोकियो हैदरावाद, चलेनन् ब्याटर
-
गौतम डब्लुएचओ सल्लाहकार समितिको उपाध्यक्ष नियुक्त
-
अभियान र अधिवेशन वैशाखसम्म सक्ने जसपा नेपालको तयारी
-
केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा