बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

३६ दिनमा सकियाे दयाहाङ र विजयकाे 'वरिष्ठ बलराम'

बुधबार, २७ चैत २०८१, ०९ : ०८
बुधबार, २७ चैत २०८१

काठमाडौँ । सुरेन्द्र पौडेल निर्देशित चलचित्र 'वरिष्ठ बलराम'को छायाङ्कन सकिएको छ । चितवन र हेटौँडाका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रको ३६ दिनमा सुटिङ सकिएको हो ।

'हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायाङ्कन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायाङ्कन गरेका छौँ', निर्देशक पौडेलले भने, 'अब पोस्टप्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै चलचित्र निकाल्ने छौँ ।'

सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जन प्रदान हुने निर्देशक पौडेलले बताए ।

चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।

‘वरिष्ठ बलराम’ले यसअघि नै रिलिज डेट लिइसकेको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ । यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको कथा महेश दवाडीले लेखेका छन् । सामाजिक कथावस्तुमा आधारित वरिष्ठ बलराममा डिओपी मानकृष्ण महर्जनको छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहेको छ । वरिष्ठ बलराम निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको हो । चलचित्रलाई काठामाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप