चार देशीय टी–२० शृङ्खला : नेपालसामु जितका लागि १ सय ५२ रनको लक्ष्य
बुधबार, २७ चैत २०८१, ०८ : २०

हङकङ । चार देशीय टी–२० शृङ्खलाको पहिलो खेलमा कतारले नेपाल सामु जितका लागि १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको हो ।
कतारका लागि कप्तान इक्रामुल्लाह खानले अर्धशतकीय इनिङ्स खेले । उनले ५४ बलमा समान ५४ रन जोडे । उनले ५ चौका र २ छक्का प्रहार गरे ।
विकेटकिपर सहजैब जमिलले २१ बलमा ३१ रनको योगदान दिए । उनले ४ छक्का हिर्काए । ओपनर अरुमुगागणेश नागाराजनले १३ रन बनाए । खेलको अन्त्यतरि मुजिब उर रहमानले २० तथा मोहमद इर्सादले १८ रन जोडे ।
नेपालका लागि करन केसी, सोमपाल कामी, गुल्सन झा, नन्दन यादव र ललित राजवंशीले १–१ विकेट लिए ।
शृङ्खलामा नेपाल र कतारसँगै आयोजक हङकङ र कुवेत रहेका छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४७ औँ इफाप्का सम्मेलनमा नेपाललाई सम्मान
-
प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी : ४० प्रतिशतसम्म छुट
-
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
-
बजेट अधिवेशनमा शिक्षकको माग टुङ्ग्याउन सम्भव छैन : सभामुख
-
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
-
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक