बागमतीको ८०० बढी विद्यालयमा नर्ससेवा, दुर्गममा किन टिक्दैनन् ?

काठमाडाैँ । बागमती प्रदेशको ८०० भन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोसिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स राखिएको हो ।
बागमती प्रदेशका ८४८ माध्यमिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लाका ११९ वटै पालिकालाई विद्यालय नर्स कार्यक्रमले समेटेको छ । सहरी क्षेत्रदेखि ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको मन्त्रालयले जनाएको छ ।
किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारलाई मध्यनजर गर्दै तत्कालीन सरकारले २०७५ बाट ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा छनोट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारको तत्कालीन सामाजिक विकास मन्त्रालयले ‘एक प्रदेश एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ जारी गरेको थियो ।
तत्कालीन समयमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री युवराज दुलाल ‘शरद’ले सो कार्यक्रमलाई प्रदेश सरकारको प्रमुख कार्यक्रमको रूपमा अघि सारेका थिए । नागरिकमा सकारात्मक र प्रभावकारी नतिजा प्रदान गर्ने उद्देश्य अनुसार सो कार्यक्रम अघि बढाइएको थियो ।
दुर्गममा टिक्दैनन् नर्स
प्रदेशको विकट तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा नर्सको पद रिक्त रहेका छन् । प्रदेशको ६१ विद्यालयमा नर्सहरूले विभिन्न कारणले जागिर छाडेका छन् ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका अनुसार नगरपालिका क्षेत्रभन्दा गाउँपालिकाहरूमा नियुक्त गरिएका नर्सहरूले जागिर छाडेका छन् । गत पुससम्म १०० को संख्यामा नर्सहरू रिक्त रहेको भएपनि हाल ६१ विद्यालयमा मात्र नर्स सेवा रिक्त रहेको निर्देशनालयले जनाएको छ । रिक्त रहेका विद्यालयमा निर्देशनालयमार्फत प्रक्रियागत रूपमा छनोट गरी नर्सहरूलाई नियुक्ति दिने काम भइरहेको निर्देशनालयका निर्देशक नरेन्द्र झाले जानकारी दिए ।
हालै मात्र केही नर्सलाई नियुक्ति दिएर सम्बन्धित स्थानीय तहको विद्यालयमा खटाइएको उनले बताए । रिक्त ६१ विद्यालयमा पनि क्रमिक रूपमा यसै वर्ष नर्स पठाउने काम भइरहेको उनले बताए ।
निर्देशनालयको तथ्याङ्क विश्लेषण गर्दा नगरपालिकाका विद्यालयको तुलनामा गाउँपालिकाको विद्यालयमा नर्स टिकाउन कठिन रहेको उनको भनाई छ ।
विद्यालय नर्सहरू बिदेसिने क्रम बढिरहेकाले उनीहरूले जागिर छाड्ने गरेका निर्देशक झाको भनाइ छ । ग्रामीण क्षेत्रका विद्यालयमा काम गर्न कठिन रहेकाले पनि नर्सहरू सहर बजार वा पायक पर्ने क्षेत्रमा आकर्षित हुने गरेका देखिएको उनले बताए ।
तथ्याङ्क अनुसार ३३ गाउँपालिका र एक नगरपालिकाका विद्यालयमा नर्स छैनन् । काभ्रेको २, सिन्धुपाल्चोकको ६, दोलखा ६, रसुवाको ३, धादिङको ६, रामेछापको ५, ललितपुरको १, नुवाकोटको ४ गाउँपालिकामा नर्स छैनन् भने नुवाकोटको एक नगरपालिकामा पनि नर्स रिक्त रहेको छ ।
विद्यालय नर्सको विवरण
कहाँ कहाँ छन् रिक्त पद ?
काभ्रे को २ स्थानीय तहको विद्यालयमा विद्यालय नर्सको दरबन्दी रिक्त रहेको छ । काभ्रेको चौरिदेउराली गाउँपालिका र तेमाल गाउँपालिकाका ८ विद्यालयमा नर्सको दरबन्दी रिक्त रहेको हो ।
चौरीदेउराली गाउँपालिकाको खाडादेवी मावि, प्रभा माध्यमिक विद्यालय कात्तिके देउराली, भूमेस्थान माध्यमिक विद्यालय, बुद्ध हिमालयन माध्यमिक विद्यालय र तेमाल गाउँपालिकाको भूमे माध्यमिक विद्यालय, पन्चकन्या माध्यमिक विद्यालय, धार्ने ज्योति माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालयमा नर्स रिक्र रहेका छन् ।
दोलखामा ६ स्थानीय तहका विद्यालयमा नर्स छैनन् । दोलखाको कालिञ्चोक गाउँपालिकाको बालउदय माध्यमिक विद्यालय, जल्पाश्वरी माध्यमिक विद्यालय, निकोभुमे माध्यमिक विद्यालय, गौरीशंकर गाउँपालिकाको हिमावर्ती माध्यमिक विद्यालय, तामाकोशी गाउँपालिकाको अमर मावि, विगु गाउँपालिकाको गौरीशंकर माध्यमिक विद्यालय, थाम्पु माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालय चिलंखा, शान्ति आर्दश माध्यमिक विद्यालय लादुक बैतेश्वर गाउँपालिकाको जन ज्योति माध्यमिक विद्यालय, मेलुङ गाउँपालिकाको डाडाखर्क माध्यमिक विद्यालय, भीम माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालयमा नर्स पद रिक्त रहेको छ ।
धादिङको ६ स्थानीय तहमा नर्स रिक्त रहेका छन् । धादिङको खानियाबस गाउँपालिका शिङगाला देवी माध्यमिक विद्यालय, गणेश कुण्ड माध्यमिक विद्यालय, झर्लाङ माध्यमिक विद्यालय, गंगाजमुना गाउँपालिका महालक्ष्मी माध्यमिक विद्यालय सानो बसेरी, गजुरी गाउँपालिकाको डोलभन्ज्याङ माध्यमिक विद्यालय, ज्वालामुखी गाउँपालिकाको समिभनज्याग माध्यमिक विद्यालय, बराहकालिका माध्यमिक विद्यालयपुर्सु ढोला, त्रिपुरासुन्दरी गाउँपालिकाको त्रिपुरासुन्दरी माध्यमिक विद्यालय, नेत्रावती डबजोङ गाउँपालिकाको कुण्डलादेवी माध्यमिक विद्यालयमा नर्स पद रिक्त छ ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको गोल्फु भञ्ज्याङ माध्यमिक विद्यालय, बेलकोटगढी नगरपालिकाको वीरेन्द्र माध्यमिक विद्यालय, तादी गाउँपालिकाको सुन्दरा माध्यमिक विद्यालय, सातबिसे, लिखु गाउँपालिकाको महेन्द्र महेशदेव माध्यमिक विद्यालय, म्यागङ गाउँपालिकाको किम्ताङ माध्यमिक विद्यालयमा नर्स छैनन् ।
रसुवाको उत्तरगया गाउँपालिकाको नवविजय महेन्द्र माध्यमिक विद्यालय, गोसाईकुण्ड गाउँपालिकाको कोमिन श्यामेयोङफेल माध्यमिक विद्यालय, नौकुण्ड गाउँपालिकाको गौतम बुद्ध माध्यमिक विद्यालयमा नर्सको दरबन्दी रिक्त छ ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको कमलादेवी माध्यमिक विद्यालय, गोकुलगँगा माध्यमिक विद्यालय, दोरम्बा गाउँपालिकाको काकलिंग माध्यमिक विद्यालय, सुर्के देउराली माध्यमिक विद्यालय, सुनापति गाउँपालिकाको अग्लेश्वर माध्यमिक विद्यालय, शतलिङेश्वर माध्यमिक विद्यालय, खाँडादेवी गाउँपालिकाको श्री माध्यमिक विद्यालय राताथुम, भिमेश्वर प्रसुन कंडेल माध्यमिक विद्यालय, विष्णुज्योति माध्यमिक विद्यालय, खाडाँदेवी माध्यमिक विद्यालयमा नर्स छैनन् ।
ललितपुरको बागमती गाउँपालिकाको शारदा शिक्षा सदन माध्यमिक विद्यालय, सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कालि देवी माध्यमिक विद्यालय, रामेश्वर माध्यमिक विद्यालय, भीमसेन माध्यमिक विद्यालय, पाँचपोखरी थाङपाल गाउँपालिकाको क्षेत्रपलेशवरी माध्यमिक विद्यालय, लांगर्चे माध्यमिक विद्यालय, थाङपालधाप माध्यमिक विद्यालय, भोटेकोशी गाउँपालिकाको झिर्पु माध्यमिक विद्यालय, बाह्रबिसे नगरपालिकाको क्षमावती माध्यमिक विद्यालय, हेलम्बु गाउँपालिकाको पाल्चोक माध्यमिक विद्यालय, लिसंखुपाखर गाउँपालिकाको सम्पदा माध्यमिक विद्यालय जेठाल, निगाले माध्यमिक विद्यालय, धर्मोदय माध्यमिक विद्यालय ठुलो धादिङमा नर्स पद रहे पनि नर्स छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी