‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स

काठमाडौँ । गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको स्वर रहेको गीत ‘माया के हो ?’ सार्वजनिक गरिएको छ । जमलमा रहेको विश्वज्योती सिनेप्लेक्समा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीतका सङ्गीतकार अर्जुन पोखरेल, निर्देशक निकेश खड्का, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री उगेन छोदेन उपस्थित थिए । प्रेम राजा अधिकारीको शब्द रहेको गीतको भिडियोलाई कुलेखानीको मनोरम दृश्यमा छायाङ्कन गरिएको छ ।
निर्देशक खड्काले गीतको भाव अनुसार नै भिडिओ तयार गरेको बताए ।‘ रोमान्टिक गीतको प्रतीक्षामा रहेका दर्शकलाई यसले तृप्त बनाउँछ जस्तो लागेको छ । गीतको अडियो झैँ भिडियो पनि रोमान्टिक बनेको छ’, उनले भने ।
अभिनेता श्रेष्ठले आफूले केही समयको अन्तरालमा भिडिओमा काम गरेको बताए । ‘म अहिले मेरो व्यावसायिक कामसँगै फिल्मकै कारण भिडिओमा पनि कम देखिएको छु । यो गीत सुन्दा मन पर्यो साथै यसलाई भिडिओ बनाउने टिमसँग म पहिले देखि काम गरिरहेकोले यो सहकार्य सम्भव भएको हो । मेरो बिचको केहि ग्यापलाई यो गीतले न्याय गर्छ जस्तो लागेको छ’, अभिनेता श्रेष्ठले भने ।
अभिनेत्री छोदेनले फिल्मपछि गीतमा काम गर्दा छुटै अनुभव सङ्गालेको बताइन । उनले ‘दुई नम्बरी’ फिल्मपछि भिडिओमा काम गरेकी हुन् । उनले अभिनेता श्रेष्ठ, निर्देशक खड्का लगायतले आफूलाई सहज बनाएको बताइन ।
ङागस्तो दोर्जी योञ्जनले निर्माण गरेको भिडिओमा हरि हुमागाईंकको छायाङ्कन रविकास धमलाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग