‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी

काठमाडौँ । चर्चित सङ्गीतकार तथा रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले फिल्म निर्माण गर्ने भएका छन् । उनको कार्यकारी निर्माण रहने ‘द महावीर’ निर्माण घोषणा भएको छ । फिल्मको निर्देशन जीवी आग्रीले गर्दै छन् । आग्री यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
निर्माण युनिटले फिल्मको एक थिम पोष्टर समेत सार्वजनिक गरेको छ । पोस्टरमा दुईवटा घोडामा चढेका दुई व्यक्ति आमनेसामने भएको देखिन्छ । बिचमा ठुलो तरबार रातो कपडाले बेरिएको अवस्थामा छ । पृष्ठभूमिमा भने युद्ध भइरहेको देखिन्छ । पोस्टरबाट फिल्म ऐतिहासिक कथामा आधारित रहने प्रष्ट हुन्छ ।
फिल्म निर्माण घोषणासँगै फिल्ममा राजेश हमाल, भुवन केसी, रेखा थापा, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, धिरज मगर, आँचल शर्मा, मिरुना मगर लगायत रहने चर्चा छ । निर्माण युनिटले भने फिल्ममा महावीर बन्ने कलाकार अहिले सार्वजनिक गर्ने बेला नभएको बत्ताउँछ ।
लक्षरा फिल्मसको प्रस्तुतिमा बन्न लागेको फिल्ममा कृष्ण बिके र जीवी आग्रीको लेखन छ । कृष्ण बिके, बिआर रेड्डी र सन्तोष लुहार निर्माता रहेको फिल्मको सह–निर्मातामा रम्भा देवी र लक्ष्मण बिके हुन् । पोस्टरमा फिल्म हिन्दी र नेपाली भाषामा रिलिज हुने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप