बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी

बुधबार, २७ चैत २०८१, ०६ : ४८
बुधबार, २७ चैत २०८१

काठमाडौँ । चर्चित सङ्गीतकार तथा रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले फिल्म निर्माण गर्ने भएका छन् । उनको कार्यकारी निर्माण रहने ‘द महावीर’ निर्माण घोषणा भएको छ । फिल्मको निर्देशन जीवी आग्रीले गर्दै छन् । आग्री यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

निर्माण युनिटले फिल्मको एक थिम पोष्टर समेत सार्वजनिक गरेको छ । पोस्टरमा दुईवटा घोडामा चढेका दुई व्यक्ति आमनेसामने भएको देखिन्छ । बिचमा ठुलो तरबार रातो कपडाले बेरिएको अवस्थामा छ । पृष्ठभूमिमा भने युद्ध भइरहेको देखिन्छ । पोस्टरबाट फिल्म ऐतिहासिक कथामा आधारित रहने प्रष्ट हुन्छ ।

फिल्म निर्माण घोषणासँगै फिल्ममा राजेश हमाल, भुवन केसी, रेखा थापा, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, धिरज मगर, आँचल शर्मा, मिरुना मगर लगायत रहने चर्चा छ ।  निर्माण युनिटले भने फिल्ममा महावीर बन्ने कलाकार अहिले सार्वजनिक गर्ने बेला नभएको बत्ताउँछ ।

लक्षरा फिल्मसको प्रस्तुतिमा बन्न लागेको फिल्ममा कृष्ण बिके र जीवी आग्रीको लेखन छ । कृष्ण बिके, बिआर रेड्डी र सन्तोष लुहार निर्माता रहेको फिल्मको सह–निर्मातामा रम्भा देवी र लक्ष्मण बिके हुन् । पोस्टरमा फिल्म हिन्दी र नेपाली भाषामा रिलिज हुने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप