१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. अछाममा आगलागी, सात पसल पूर्णरूपमा जले
जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य बजार क्षेत्रमा मंगलबार साँझ ठूलो आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँझ करिब सवा सात बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।
२. राप्रपा प्रदर्शन
हालको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था बदल्ने उद्घोषसहित शान्तिपूर्ण आन्दोलन थालेको बताएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले बालुवाटारको भात पानी बन्द गर्नेदेखि देशलाई बंगलादेश र श्रीलंका बनाउनेसम्मको चेतावनी दिएको छ ।
३. बरालको राजीनामा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा सनाखतपछि स्वीकृत गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बरालले राजीनामा दिएपछि सनाखत हुन बाँकी रहेको जनाएको छ । राजीनामा सनाखत भएपछि स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गर्नेछन् ।
४. ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले पदबाट राजीनामा दिएका छन् । वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले बैशाख १ गतेदेखि लागु हुने गरि राजिनामा दिएको बताए ।
नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट सेवा निवृत्त अधिकारीलाई गत १३ भदौको मन्त्रिपरिषद् बैठकले विशिष्ट श्रेणीको सेवा सुविधा पाउने गरी वरिष्ठ ऊर्जा विज्ञ नियुक्त गरेको थियो । तर, अधिकारीले आठ महिना पुगे संगै मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञ पद बाट राजिनामा दिएका छन् ।
५ं ‘टीके नेतृत्व’
नेपाली कांग्रेसका मुख्य तीन भ्रातृ संस्थामा अहिले ‘टीके नेतृत्व’ छ । विद्यार्थीहरूको नेतृत्व गर्ने नेपाल विद्यार्थी संघ ९नेविसंघ०, तरुण युवाहरूको नेतृत्व गर्ने नेपाल तरुण दल र महिलाहरूको नेतृत्व गर्ने नेपाल महिला संघमा पार्टीले ‘टीका’ लगाएर बनाएका अध्यक्ष छन् ।
६. शिक्षक आन्दोलन
आन्दोलनरत शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी हुने विश्वासिलो आधार भएपछि मात्रै वार्तामा बस्ने भएका छन् । शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गरेको छ । तर, शिक्षकहरूले ऐन जारी गर्ने विश्वासिलो आधार खोजेका हुन् ।
७. ट्रम्पको ट्यारिफ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर विभिन्न देशबाट आयात हुने वस्तुमा कर (ट्यारिफ) वृद्धिको घोषणा गरे । प्रत्येक देशबाट अमेरिका जाने प्रत्येक वस्तुका लागि ट्रम्पले १० प्रतिशतको बेसलाइन ट्यारिफ घोषणा गरेका छन्, यो ट्यारिफ अप्रिल ४ देखि नै लागु भइसकेको छ ।
८. कँडेलको एक वर्ष
कर्णाली सरकारको नेतृत्व यामलाल कँडेलले सम्हालेको एक वर्ष पूरा हुँदैछ । ०८० चैत २७ गते माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका उनले छोटो समयमै सत्ता साझेदार दल फेर्नु पर्यो । उनी हाल नेपाली कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गरिरहेका छन् भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षी भूमिकामा छ ।
९. वायु प्रदूषण
मंगलबार काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ । आईक्यू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो ।
१०. तीनकुने घटना
काठमाडौँको जडीबुटीमा रहेको सञ्चो कारखानामा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थकले गरेको प्रदर्शनपछि सञ्चो निर्माण गर्ने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई अदालतले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
११. मन्त्रिपरिषद् बैठक निर्णय
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेको छ ।
१२. भारतको गृह मन्त्रालयले जारी गर्यो सर्कुलर
नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र अधिवेशन वैशाखसम्म सक्ने जसपा नेपालको तयारी
-
केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा
-
रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी
-
सुमनाको प्रस्टीकरण : नेतृत्वसँग छलफल गरेर राजीनामा दिएकी हुँ
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल