बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित

मङ्गलबार, २६ चैत २०८१, २१ : ५२
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको  खेलमा काठमाडौँले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० गोल अन्तरले जित निकालेको हो । यस जितसँगै तेस्रो स्थानमा उक्लिएको काठमाडौँले चार खेलबाट पाँच अङ्क पुर्‍याएको छ । समान खेल खेलेको बुटवलको भने एक अङ्क छ । बुटवल अङ्क तालिकामा पुछारमा छ ।

काठमाडौँका डिओपले खेलको ८८ औँ मिनेटमा गोल गरेका हुन् । भिन्सेन्ट कोजिइल्लोसँग तालमेल मिलाउँदै बक्स लाइन नजिकबाट उनले प्रहार गरेको बललाई बुटवलका गोलकिपर दीप कार्कीले बचाउन सकेनन् ।  अन्ततः काठमाडौँले खेल जित्यो । उक्त प्रतियोगितामा भोलि पोखरा थन्डर्स र धनगढी फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप