१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी

आज २०८१ चैत २६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- राप्रपा प्रदर्शन
हालको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था बदल्ने उद्घोषसहित शान्तिपूर्ण आन्दोलन थालेको बताएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बालुवाटारको भात पानी बन्द गर्नेदेखि देशलाई बंगलादेश र श्रीलंका बनाउनेसम्मको चेतावनी दिएको छ ।
- बरालको राजीनामा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा सनाखतपछि स्वीकृत गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बरालले राजीनामा दिएपछि सनाखत हुन बाँकी रहेको जनाएको छ । राजीनामा सनाखत भएपछि स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गर्नेछन् ।
- ‘टीके नेतृत्व’
नेपाली कांग्रेसका मुख्य तीन भ्रातृ संस्थामा अहिले ‘टीके नेतृत्व’ छ । विद्यार्थीहरूको नेतृत्व गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ), तरुण युवाहरूको नेतृत्व गर्ने नेपाल तरुण दल र महिलाहरूको नेतृत्व गर्ने नेपाल महिला संघमा पार्टीले ‘टीका’ लगाएर बनाएका अध्यक्ष छन् ।
- शिक्षक आन्दोलन
आन्दोलनरत शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी हुने विश्वासिलो आधार भएपछि मात्रै वार्तामा बस्ने भएका छन् । शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गरेको छ । तर, शिक्षकहरूले ऐन जारी गर्ने विश्वासिलो आधार खोजेका हुन् ।
- ट्रम्पको ट्यारिफ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर विभिन्न देशबाट आयात हुने वस्तुमा कर (ट्यारिफ) वृद्धिको घोषणा गरे । प्रत्येक देशबाट अमेरिका जाने प्रत्येक वस्तुका लागि ट्रम्पले १० प्रतिशतको बेसलाइन ट्यारिफ घोषणा गरेका छन्, यो ट्यारिफ अप्रिल ४ देखि नै लागु भइसकेको छ ।
- कँडेलको एक वर्ष
कर्णाली सरकारको नेतृत्व यामलाल कँडेलले सम्हालेको एक वर्ष पूरा हुँदैछ । ०८० चैत २७ गते माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका उनले छोटो समयमै सत्ता साझेदार दल फेर्नु पर्यो । उनी हाल नेपाली कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गरिरहेका छन् भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षी भूमिकामा छ ।
- वायु प्रदूषण
मंगलबार काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ । आईक्यू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो ।
- तीनकुने घटना
काठमाडौँको जडीबुटीमा रहेको सञ्चो कारखानामा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थकले गरेको प्रदर्शनपछि सञ्चो निर्माण गर्ने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई अदालतले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
- मन्त्रिपरिषद् बैठक निर्णय
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेको छ ।
- भारतको गृह मन्त्रालयले जारी गर्यो सर्कुलर
नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य