भिरबाट खसेको ढुङ्गाले लागेर एक्साभेटर चालक सुकबहादुरको मृत्यु
मङ्गलबार, २६ चैत २०८१, २१ : ११

तनहुँ । बन्दीपुर गाउँपालिका–४, विमलनगर चुनपहरा खण्डमा मुग्लिन-पोखरा सडक आयोजनाअन्तर्गत कार्यरत एक्साभेटर चालकको मृत्यु भएको छ ।
व्यास नगरपालिका-९ का ४० वर्षीय सुकबहादुर गुरुङको मंंगलबार दुर्घटनामा परेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार अनुसार सडक आयोजनाको कामका क्रममा बिग्रिएको एक्साभेटर मर्मत गर्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर चालक गुरुङको मृत्यु भएको हो ।
ढुङ्गाले लागेर घाइते भएका गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ