ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने

काठमाडौं । आन्दोलनरत शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी हुने विश्वासिलो आधार भएपछि मात्रै वार्तामा बस्ने भएका छन् । शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गरेको छ ।
तर, शिक्षकहरूले ऐन जारी गर्ने विश्वासिलो आधार खोजेका हुन् । सरकारबाट ऐन जारी हुने विश्वासिलो आधार नभएको जनाउँदै नेपाल शिक्षक महासंघले त्यसका लागि आधार तय गरिनुपर्ने जनाएको हो ।
आज महासंघले समीक्षा बैठक राखेको थियो । बैठकमा सरकारले आह्वान गरेको वार्ताका विषयमा समेत छलफल भएको महासंघ सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले जानकारी दिइन् ।
’सरकारसँग गत वर्ष वार्ता गरेर सम्झौता गरिएको थियो। तर, अहिलेसम्म ऐन जारी भएन। यसमा सरकारबाट ऐन जारी हुन्छ भन्ने ग्यारेन्टी हुदैन। त्यसैले वार्तामा बस्नको लागि ऐन जारी हुने विश्वासिलो आधार चाहियो नि,झ पराजुलीले रातोपाटीसँग भनिन् ।
विद्यालय शिक्षा विधेयकमा संसदको शिक्षा समिति अन्तगर्त उपसमितिमा छलफल भईरहेको छ । उपसमितिले आजसम्म २७ दफामा सहमति जुटाएको छ। तर, महासंघले उपसमितिमा कोरम नपुगेर बैठक स्थगित हुने अवस्था आईरहेको जानकारी पाएको पराजुलीले बताइन् ।
’हामी सडकमा छौ । उपसमितिले फटाफट विधेयक पास गर्नुपर्नेमा कोरम नै पुग्दैन भन्ने आएको छ । विधेयक बनाउने माननीयहरू नै गम्भीर देखिएका छैनन् । अनि विश्वासिलो आधार कसरी हुन्छ,झ पराजुलीले भनिन् ।
आजको समीक्षा बैठकमा वार्ताको विषयमा छलफल भएको तर, भोलि बिहान बस्ने महासंघको अध्यक्ष मण्डलको बैठकपछि थप छलफल हुने सहअध्यक्ष पराजुलीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौपछि नाचघरमा फेरि ‘मुनामदन’
-
इमानदार कार्यकर्ताहरूले ओलीको गलत कार्यलाई स्विकार्दैनन्ः साह
-
‘नेपालको परराष्ट्र सम्बन्ध : सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’
-
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी