सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
मङ्गलबार, २६ चैत २०८१, २० : ३७

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्र आन्तरिक समीक्षाको जरुरी रहेको बताएका छन् ।
नेपाली कांग्रेस चितवनले मंगलबार चितवनमा आयोजना गरेको ३५ औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले पार्टीभित्रको समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताएका हुन् ।
उनले सरकारले गरेका काम कारबाहीका कारण जनता आक्रोशित भएको समेत बताए । अहिले दिनहुँ जनता सडकमा आउनु पर्ने बाध्यताको अन्त्य गर्न सकेमा मात्र सरकारमा भएको अनुभूति हुने उनको भनाई थियो ।
जनताको आक्रोशलाई सामान्य लिन नहुने उनले बताए । कोइरालाले वर्तमान सरकार गठनका समयमा दुई दलबिच भएको सहमति कार्यान्वयन हुन नसकेको जिकिर गरे ।
कार्यक्रममा अन्य कांग्रेस नेताहरूले जनतालाई बलियो बनाउन लोकतन्त्र बलियो बन्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ