मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?

मङ्गलबार, २६ चैत २०८१, २० : १७
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको पछिल्लो मतगणनाअनुसार प्राडा विजय मिश्रले फराकिलो अग्रता बनाएका छन्। 

नेपाल बार एसोसिएसनको निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार बिहीबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्नेगरी मतगणना जारी छ । 

दोस्रो दिन नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले मतान्तर फराकिलो पारेका छन् । बेलुका ७:४५ बजेसम्मको अपडेटअनुसार उनी नेकपा माओवादीनिकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि छन् । 

निर्वाचन समितिका अनुसार मिश्रले दुई हजार ३४३ मत प्राप्त गर्दा श्रेष्ठले एक हजार २०० मत ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप