पेस्तोल, गोली र १ सय ९ किलो गाँजासहित युवक पक्राउ

रौतहट । रौतहटमा कटुवा पेस्तोल, गोली र गाँजासहित एक जना युवकलाई प्रहरीको गस्ती टोलीले पक्राउ गरेको छ।
भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका-१ बन्जरहा झुलुङ्गे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ४ राउण्ड र १ सय ९ किलो गाँजासहित गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट एकजना इन्स्पेक्टरको कमान्डमा गएको टोलीलाई लालबकैया केराघारी हुँदै टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ गइरहेको गिरीले देखेपछि गाँजा फालेर भागेका थिए। प्रहरी टोलीले उनलाई लखेटेर पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।
प्रहरीले खानतलासी गर्दा गिरीको पाइन्टको गोजीमा ८ एमएमको गोली लोड अवस्थामा कटुवा पेस्तोल र ३ राउण्ड सोही पेस्तोलमा गोली बरामद भएको प्रदेश प्रहरीका सूचना अधिकारी एसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिए।
गिरीमाथि लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
-
भारत भ्रमणमा आउँदै छन् अमेरिकी उपराष्ट्रपति जेडी भान्स, के-के छन् छलफलका एजेन्डा ?
-
हिरासतमा रहेका रवीन्द्र मिश्र कविता लेख्छन्, धवल शमशेरलाई सुनाउँछन्
-
टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि
-
समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने
-
विनाशकारी भूकम्पको संघारमा भारत