कार्यकाल सफल रहेको दाबी गर्दै भण्डारीले सार्वजनिक गरे १८ बुँदे प्रगति विवरण

काठमाडौैं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेद्र भण्डारीले आफ्नो कार्यकाल सफल भएको बताएका छन् । २०७९ माघ ६ गते सम्पन्न संघको २९ औं साधारणसभाबाट निर्वाचित भएका भण्डारीले आफ्नो कार्यकाल सफल रहेको बताएका हुन् ।
निर्वाचित कार्यसमितिले २६ महिनापछि नेतृत्व हस्तान्तरण गर्न लागेको छ । त्यसका लागि चैत २९ गते ३० ओं साधारणसभा हुदैछ ।
आफ्नो कार्यकालबारे जानकारी आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा गर्न सकेका १८ बुँदे कार्यविवरण समेत सार्वजनिक गरेका छन् ।
संघको एक कार्यकाल पुरा गर्दा धेरै प्रतिवद्धता पुरा गर्न सकिएको बताउँदै केही पुरा हुने चरणमा र केही अब आउने कार्यसमितिले पुरा गर्नुपर्ने बताए ।
संघले आफु स्थाापित भएको ३२ वर्षपछि आफ्नै प्रशासनिक भवन पाएको उनको भनाइ छ । संघमा आवद्ध करिव एक हजार व्यवसायीहरुको छाता संस्थाको आफ्नै भवन खरिद गर्न सक्नु वर्तमान कार्यसमितिको प्रमुख उपलब्धी मानिएको छ ।
संघको वर्तमान कार्यसमितिमा देखिएको एकता र परिणाममूखी काम गर्ने शैलीकै कारण संघको अगुवाईमा एकपछि अर्को उपलब्धीहरु हाँसिल भएको उनको भनाइ छ । संघका सबै पदाधिकारीले आ–आफ्नो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्दा नै संघ कार्यसमिति सफल भएको बताए ।
व्यवसायिक हकहित, व्यवसायिका समस्या समाधान, नीतिगत सुधारका प्रयत्न, सामाजिक उत्तरदायित्व लगायतका थुप्रै काम गर्न सफल रहेको उनको भनाइ छ ।
वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, व्यवसायिक र पारदर्शी बनाउदै यसलाई गर्व गर्न लायक व्यवसाय बनाउन भरपुर प्रयास गरिएको बताए ।
आफ्नो कार्यकाल सम्हाल्दै गर्दा उठाएका केही एजेण्डाहरु प्रयास गर्दागर्दै पनि टुंगोमा पु¥याउन नसकेको उनको भनाइ छ । यसलाई अब आउने नयाँ नेतृत्वले पुरा गर्ने विश्वास व्यक्त गरे ।
वर्तमान कार्यसमितिले गरेका संक्षिप्त उपलब्धीहरु :
– आफ्नै प्रशासनिक भवन खरिद ।
–गुनासो सुनुवाईको सम्यन्त्र अन्तरगत वैदेशिक रोेजगार विभाग श्रमग्राम परिसरमा उजुरी, गुनासा सुन्न र समाधान गर्न दुई कोठे मेलमिलाप कक्ष निर्माण
–व्यवसायी तथा कामदारको ३४ सय उजुरी÷गुनासाहरु व्यवसायी र कामदार सँगै राखेर समाधान गर्न सफल ।
–सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको सहकार्य तथा संवादलाई सुमधुर बनाउने कार्य
– क्षेत्रगत सुधार, नीतिगत सुधार र सामाजिक उत्तरदायित्वका कामलाई प्रमुख प्राथमिकता दिएर काम गर्न सफल ।
–सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा क्षमता अभिवृद्धि कार्यक्रम गर्न सफल ।
–यूएईमा रोजगार मेला आयोजना गर्नुका साथै साउदी, कतार, यूएई, मलेसियालगायतका मुलुकमा स्थलगत भ्रमण तथा अन्र्तक्रिया कार्यक्रम गर्न सफल ।
–विदेशमा रहेका नेपाली कुटनैतिक निकायमा नयाँ नियुक्त भएका राजदूत, श्रम सहचारी तथा श्रम काउन्सिलरसँग भेटघाट तथा अन्र्तक्रिया ।
–अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाएर व्यवसायीको आवाज उठाउन सफल ।
–सय संख्याको बाध्यात्मक प्रावधानलाई २ पटक सम्म बाधाअड्काउ फुकाउने काम गराउन सफल र यो व्यवस्थालाई ऐनबाट हटाउने काम अन्तिम चरणमा पु¥याउन सफल ।
–वैदेशिक रोजगार व्यवसायमा लगाउन खोजिएका सिण्डिकेटका प्रयासलाई विफल बनाउन सफल साथै हालसालै मात्र मलेसिया रोजगारमा गएका कामदारलाई ४५ डलर रोजगारदाता मार्फत लाद्न खोजेकोमा यसको विरुद्ध आन्दोलन गरेर यसलाई हटाउन सफल ।
–वैदेशिक रोजगार ऐन अनुसार व्यवसायीले राखेको धरौटीबाट २५ प्रतिशत व्याज वैदेशिक रोजगार कोष सञ्चालनका लागि ल्याउन सफल ।
–यूरोपको मागपत्र प्रमाणिकरण खुलाउन, साउदी आइडी खुलाउन, कोरिया–जापान तथा इजरायल रोजगारीमा व्यवसायीहरुको पहुँच पु¥याउन, नयाँ र आकर्षक रोजगार गन्तव्य विकास गर्न साथै वैदेशिक रोजगार ऐन–२०६४ संशोधनमा उल्लेख्य सफलता ।
–व्यवसायीको मृत्यु तथा विरामी भएमा उनीहरुको परिवारलाई आर्थिक सहयोग गर्ने व्यवस्था सुरु ।
–विभिन्न परिवन्धमा परेर साउदी अरवको जेलमा परेका व्यवसायी विरेन्द्र साह तेलीको रिहाईका लागि पैरबी ।
–सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई समस्या पर्दा सहयोग तथा स्वदेशमै प्राकृतिक विपत्तीमा परेकाहरुलाई सहयोग ।
–विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेकाहरु उद्यमीलाई सम्मान गरेर विदेशमा सिकेको सीप, क्षमता र आर्जित पूजि स्वदेशमा लगाउन प्रोत्साहित गर्ने कार्यको थालनी ।
–संघमा सदस्यता आवद्धता बढाएर झण्डै एक हजार सदस्य बनाउन सफल ।
–व्यवसायी माथि हुने आक्रमणमा सुरक्षाको प्रत्याभूत गराउन, व्यवसायीहरुलाई एकवद्ध बनाउन र सबै व्यवसायीलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउन सफल ।
व्यवसायीहरुका लागि आगामी योजना :
१. समय सापेक्ष ऐन नियम परिमार्जनमा पहल गर्नुपर्ने ।
२. सेवा शुल्क व्यवस्थापन र कामदारको लागत निर्धारण ।
३. बिभिन्न नयाँ गन्तव्य मुलुकहरु संंग श्रम सम्झौताका लागि पहल गर्नु पर्ने ।
४. मागपत्र प्रमाणीकरण सहजिकरण गर्नु पर्ने ।
५. काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ९ तिनकुने स्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नाममा रहेको जाग्गामा संघको नेतृत्व गर्नु भएका पुर्वज जो मृत्युवरण गर्नु भएको छ उहाँहरुको सम्झनामा स्मारक स्थापना गने तयारी रहेको छ ।
६. वैदेशिक रोजगार व्यवसायी संघको भवनको क्षेत्र बिस्तार ।
७. वैदेशिक रोजगारमा गएर शिप सहित फर्किएका श्रमीकहरुलाई अन्तरीक रोजगारीमा व्यस्थापन गर्ने इजाजत पनि वैदेशिक रोजगार व्यवसायीलाई दिन सरकार संग पहल गर्नु पर्ने ।
कामदारका लागि आगामी योजनाहरु :
१. रोजगारदाता मुलुक संग हुने श्रम सम्झौतामा कामदारको २४ घण्टे बिमाको व्यवस्थापनमा पहल ।
२ं न्यूनतम ज्यालाको सुनिश्चितताका लागि पहल ।
३. सेण्डीङ कन्ट्रीका व्यवसायीक संगठनहरु संग साझा धारणा बनाई अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गरि कामदारको लागत न्यूूनिकरण गर्ने ।
४. विभिन्न निकायसँग समन्वय गरि कामदारका लागि सिप बिकाशका कार्यक्रमहरु ल्याउन पहल गर्नु पर्ने ।
५. वैदेशिक रोजगारमा जानु पुर्व कामदारलाई मानिसक स्वास्थ्य तालिम प्रदानका लागि पहल गर्ने ।
६. वैदेशिक रोजगारमा जानु पुर्व कामदारलाई बित्तिय साक्षरता सम्वन्धि ज्ञान प्रदान गर्नु पर्ने ।
७. सामाजिक सुरक्षा कोषमा आवद्धताको जागरण अभियान गर्नुपर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने
-
वीरगञ्जमा उत्पन्न विवाद समाधान
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
-
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते