मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै

मङ्गलबार, २६ चैत २०८१, १७ : ४०
मङ्गलबार, २६ चैत २०८१

काठमाडौं । नेपाल शिक्षक महासंघले समिक्षा बैठक बोलाएको छ । चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै आएको महासंघको समिक्षा बैठक चलिरहेको छ । बैठकमा आजसम्मको आन्दोलनको समिक्षा, सरकारले वोलाएको वार्ता लगायतका विषयमा छलफल चलिरहेको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनः वार्ताका लागि आह्वान गरेको छ । सरकारले वार्ताका लागि पुनः आह्वान गरेपछि बैठकमा उक्त विषयमा समेत छलफल हुने महासंघका नेताहरूले बताएका छन् । 

यथासिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । चैत २५ गतेदेखि शैक्षिक हड्तालको समेत घोषणा गरेका छन् । आन्दोलन र शैक्षिक हड्तालको क्रममा शिक्षकहरू कुनै प्रकारका उत्तरपुस्तिका परीक्षण नगर्ने, परीक्षामा सहभागी नहुने जस्ता शैक्षिक कार्यक्रमहरू बहिस्कार गरेका छन् । 

शैक्षिक हड्तालको घोषणा गरेपछि नयाँ शैक्षिक सत्र, एसईईको उत्तरपुस्तिका परीक्षण, पाठ्यपुस्तक वितरण जस्ता कार्यक्रम रोकिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप