बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

चीन र अमेरिकाबीचको व्यापारबारे के भन्छन् चिनियाँ थिंक ट्याङ्क ?

मङ्गलबार, २६ चैत २०८१, १७ : २४
मङ्गलबार, २६ चैत २०८१

काठमाडौं । पछिल्लो समय अमेरिका र चीनबीच व्यापार युद्ध शुरु भएको छ । जस्तालाई त्यस्तै गर्ने नीतिका कारण यी देशले एक पछि अर्को गर्दै एक अर्काको देशबाट आउने सामानमाथि अतिरिक्त भन्सार महसुल लगाइरहेका छन् ।

चीनले अमेरिकी सामानमा लगाउने घोषणा गरेको अतिरिक्त भन्सार महसुल हटाएन भने चिनियाँ सामानमा अमेरिकामा अरु ३४ प्रतिशत भन्सार महसुल लगाउने ट्रम्पले हालै मात्र चेतावनी दिएका थिए ।

यसैबीच सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेसन थिंक ट्याङ्कका संस्थापक हेनरी वाङले मंगलबार बीबीसी रेडियो ४ दिस मर्निङ कार्यक्रममा दुई देशबीचको व्यापारबारे प्रतिक्रिया दिएका छन् । 

अमेरिकाले चीनसँग बसेर वार्ता गर्नुपर्ने र आफूले व्यापार युद्ध किन सुरु गरेको हो भनेर व्याख्या गर्नुपर्ने उनले बताए । वाङले व्यापार युद्धलाई  अन्यायपूर्ण र अनैतिक भनेका छन् । ट्रम्पको नीतिले सेवा क्षेत्रमा यसको शक्ति र विश्वभरबाट प्रतिभा आकर्षित गर्ने क्षमता आदि जस्ता उसका केही प्रमुख शक्तिहरूलाई पनि बेवास्ता गर्ने वाङले बताए ।

अमेरिका आफैंले यो क्षेत्रलाई बेवास्ता गरेर विस्तारै विस्तारै छाडिदिएकोले लगानीकर्ताले उत्पादनका लागि अन्य ठाउँलाई रोजेको भन्दै उत्पादनको काम अन्य देशहरूमा गएकोमा अमेरिकाले गुनासो गर्न नहुनेमा पनि उनले जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप