इरानमा कोइला खानीमा ग्यास चुहिँदा सात कामदारको मृत्यु
मङ्गलबार, २६ चैत २०८१, १७ : २३

तेहरान । उत्तरी इरानको एक कोइला खानीमा ग्यास चुहिँदा सात जना कामदारको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये तीन जना अफगानी भएको बताइएको छ । राष्ट्रपति मसूद पेजेश्कियानले घटनाको अनुसन्धान गर्न आदेश दिएको आधिकारिक आइआरएनए समाचार एजेन्सीले समाचारमा बताएको छ ।
राजधानी तेहरानबाट लगभग २७० किलोमिटर उत्तरपश्चिममा रहेको दमघान शहर नजिकै सोमबार दिउँसो यो दुर्घटना भएको बताइएको छ ।
समाचारमा सुरक्षा उपायहरूलाई वेवास्ता गर्दा भयानक दुर्घटना भएको हुनसक्ने उल्लेख गरिएको छ । इरानमा औद्योगिक दुर्घटनाहरूमा प्रत्येक वर्ष लगभग ७०० कामदारको मृत्यु हुने गरेको प्रतिवेदनले देखाएका छन् । गत हप्ता, देशको उत्तरपश्चिममा एउटा फलाम खानी भत्किँदा एक कामदारको मृत्यु भएको थियो । सेप्टेम्बरमा पनि पूर्वी इरानको कोइला खानीमा भएको विस्फोटमा दर्जनौं कामदारको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना