बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

केपी ओली कप राष्ट्रिय क्रिकेट : गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीको जित

मङ्गलबार, २६ चैत २०८१, १७ : ०८
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । पोखरामा जारी केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा मंगलबार गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हात पारेका छन् । 

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी उक्त प्रतियोगिताको चौथो दिन समूह ‘बी’ का दुई खेल सम्पन्न भएका हुन् । मंगलबारको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले गे्रट हिमालयन क्रिकेट एकेडेमीलाई दुई विकेटले हरायो ।

एक सय ६३ रनको लक्ष्य पाएको हिमालयन क्रिकेट एकेडमीले १९.२ ओभरमा आठ विकेट गुमाएर एक सय ६७ रन बनाउँदै लक्ष्य पार गर्‍यो । हिमालयनका ओपनर ब्याट्सम्यान दिपक बोहोरा ‘बी’ ले ३३ रनको योगदान गरे । उनले २९ बलमा एक छक्का र तीन चौका हिर्काए ।

खडक बोहोराले १९ र प्रतिश जिसीले १० रन बनाए । सोनु देवकोटा ३६ रनको योगदान गरे । उनले २१ बलमा तीन छक्का र एक चौका प्रहार गरे । प्रकाश जैसीले १४ रन बनाए । दीपक चन्द २७ रनमा अविजित रहे । उनले १० बलमा तीन छक्का र एक चौका प्रहार गरे । ग्रेट हिमालयका बलर सन्दीप पराजुली, किरण बुढाऐर र इशान पाण्डेले दुई–दुई विकेट लिए । 

त्यसअघि, टस हारेर व्याटिङ थालेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले २० ओभरमा नौ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । अभिषेक थापाले अविजित ४२ रन बनाए । उनले ३४ बलमा एक छक्का र चार चौका हिर्काए ।

ओपनर इशान पाण्डेले १४ र कृष कार्की १६ रन बटुले । उत्तम थापामगरले पनि १७ रन बनाए । अशोक पौडेल ३७ रन जोडे । उनले २६ बलमा दुई छक्का र चार चौका प्रहार गरे । हिमालय क्रिकेट एकेडेमीका बलर प्रतिश जिसी, प्रकाश जैशी, दिपक बोहोरा र सुवास खत्रीले दुई–दुई विकेट लिए । हिमालयनका दीपक चन्द प्लेयर अफ दि म्याच घोषित भए । 

दोस्रो खेलमा गण्डकी हिरोजले चितवन क्रिकेट क्लबमाथि चार विकेटको जित हासिल गर्‍यो । एक सय ३६ रनको लक्ष्य पछ्याएको गण्डकी हिरोजले १३.३ ओभरमा ६ विकेट गुमाएर एक सय ३९ रन बनाउँदै लक्ष्य पार गर्‍यो । 

गण्डकीका लागि ओपनर सक्वी हुकले ४२ रनको योगदान गरे । उनले २० बलमा दुई छक्का र ६ चौका प्रहार गरे । अर्जुन कुमालले ३७ रन बनाए । उनले २० बलमा सात चौका प्रहार गरे । दिपक डुम्रेले १८ रन बटुले । चितवनका बलर दिपेश श्रेष्ठले तीन विकेट लिए । 

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको चितवन क्रिकेट क्लबले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । चितवनका लागि आसुतोस घिरायाले १६ रन बनाए । विवेश रानामगरले पनि १६ रन बटुले । 

प्रतिक श्रेष्ठले ३९ रन बनाए । उनले २७ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । सुर्यान्सु कोइरालाले पनि १७ रन बनाए । गण्डकी हिरोजका बलर सुदिप अर्यालले दुई विकेट लिए । गण्डकी हिरोजका सक्वी हुक प्लेयर अफ दि म्याच घोषित भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप