सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

रोनाल्डोको होटलमा आगलागी

मङ्गलबार, २६ चैत २०८१, १७ : ०२
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डो होटल व्यवसायी पनि हुन् । फुटबल मैदानमा आफ्नो जादुमयी प्रदर्शनबाट करोडौँ समर्थकको मन जित्न सफल रोनाल्डोको मोरक्कोमा पनि होटल छ । 

उनको स्वामित्वमा रहेको मोरक्कोको होटल ‘माराकेश’मा आगलागी भएको समाचारमा जनाइएको छ । घटना अप्रिल ५ तारिखको भएको बताइएको छ । उनको होटलमा आगलागी भएको तस्बिरहरू पनि सार्वजनिक भएका छन् । 

होटलमा आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ । आपत्कालीन सेवाहरू तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । मोरक्को वर्ल्ड न्यूजका अनुसार, होटलमा रहेका पाहुना र कर्मचारीहरूलाई तत्कालै सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

पोर्चुगिज स्टार रोनाल्डोले सन् २०२२ मा त्यो होटल खोलेका थिए । उनी हाल साउदी अरेबियन क्लब अल–नासरबाट व्यावसायिक फुटबल खेल्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप