दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको राजेन्द्र लिङ्देनको आरोप

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा राज्यको तर्फबाट हिंसा भड्काइएको बताएका छन् । पूर्वराजाको समर्थनमा भएको तीनकुनेको प्रदर्शनका मुख्य अगुवा दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको उनले आरोप लगाएका हुन् ।
मंगलबार बल्खुमा आयोजित विरोध सभामा उनले भने, ‘तपाईँलाई किचौँला जस्तो गरेर आएका दुर्गा प्रसाईँलाई तपाईँले पक्राउ गर्न सक्नुहुन्थ्यो तर, उनलाई ढुक्कले निकालेर पठाउनुभयो ।’ प्रसाईँलाई ढुक्कले पठाएर प्रहरीले मञ्चमा भाषण गरेर बसेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेरलाई अश्रुग्याँस बर्साएको लिङ्देनले बताए ।
लिङ्देनले आईजीपी दीपक थापालाई युवा संघको ‘सह अध्यक्ष’ बनेको आरोप लगाए । ‘अश्रुग्याँसको सेलका बोक्राहरूमा मिति गएको लेखिएको कुरा नक्कली हो ?’ प्रश्न गर्दै लिङ्देनले भने,‘प्रहरी प्रमुखले एमालेको भातृ संगठनको सदस्य भएर बोलेका छन्, प्रहरी कुनै दलको भातृ संगठन भएर बस्ने होइन ।’
नेपाल प्रहरीलाई प्रहरी नै भएर बस्न उनले आग्रह गरेका छन् । तीनकुने घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न उनले माग गरे । उनले भने, ‘फरक मत राखेकै कारण हाम्रा नेताहरूलाई हिरासतमा अपमानजनक रूपमा राखेकोलाई हामीले इखको रूपमा लिएका छौँ ।’
राप्रपाका उपाध्यक्ष मिश्रलाई हतकडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाएको उल्लेख गर्दै लिङ्देनले सरकारको त्यो व्यवहारलाई इखको रूपमा लिएको बताए । उनले भने, ‘राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने हामी लाखौँ थुनिन तयार छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी
-
सुमनाको प्रष्टीकरण : नेतृत्वसँग छलफल गरेर राजीनामा दिएकी हुँ
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?