ई स्पोर्टस टोली उज्वेकिस्तान प्रस्थान
मङ्गलबार, २६ चैत २०८१, १४ : २९

काठमाडौँ । पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मङ्गलवार उज्वेकिस्तानको तासकेन्द प्रस्थान गरेको छ ।
अप्रिल १० देखि १४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट सुविन प्रजापति (कप्तान), मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीको नाम टिटुके रहेको छ । नेपाली टोलीको प्रशिक्षकमा विपुल भट्टराई र व्यवस्थापकमा संगीता गुरुङ रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं ई स्पोर्टस एसोसिएसन नेपालका अध्यक्ष अञ्जन धमलाले मङ्गलवार एक कार्यक्रमबिच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झरिमा जनजीवन (तस्बिरहरु)
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?
-
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार : निलम्बनको सिफारिसमा को- को परे ? (सूचीसहित)
-
कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृत सहभागी