बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

सञ्जीवको गीत ‘न दिन सके खुशी’ मा वादल र अस्मिताको अभिनय

मङ्गलबार, २६ चैत २०८१, १४ : ०२
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक भएको छ । देवेन्द्र नेवाको एरेञ्ज गीतमा छ  ।

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा वादल घिमिरे, अस्मिता सुवेदी र गीता विष्टको अभिनय छ । प्रकाश खड्काको छायाङ्कन रहेको गीतको भिडियोमा मिलन विश्वकर्माको कलर संयोजन र लक्ष्मण चौहानको सम्पादन छ ।

आफूले माया गरेको मान्छेलाई खुशी दिन नसकेको र आफू पनि खुशी हुन नसकेको गीतमा व्यक्त गरिएको छ । गायक पौडेलको यसअघि थुप्रै गीत सार्वजनिक भैसकेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप