शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय
शिक्षक आन्दोलन : दिउँसै टर्च बालेर प्रदर्शन, तस्बिरहरू
शिक्षक आन्दोलन

शिक्षक आन्दोलन : दिउँसै टर्च बालेर प्रदर्शन, तस्बिरहरू

मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका छन् । सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका हुन् । 

teacher protest (1)

काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका छन् । 

teacher protest (2)

मंगलबार माइतीघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकहरूको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।

teacher protest (3)

महासंघले आफूहरूको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ । प्रदर्शनकारीहरूले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगायतका नारा लगाएका थिए । 

teacher protest (4)teacher protest (5)teacher protest (6)teacher protest (7)teacher protest (8)teacher protest (9)teacher protest (10)teacher protest (11)teacher protest (12)teacher protest (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया