शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय
राप्रपा प्रदर्शन

जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा

मङ्गलबार, २६ चैत २०८१, १३ : १८
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । ‘जय राष्ट्रवाद’को नारा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खबरदारी सभा सुरु भएको छ । काठमाडौँको बल्खु चोकमा बागमती प्रदेशस्तरीय खबरदारी सभा सुरु भएको हो । 

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् । कार्यक्रममा नेताहरू पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरू सहभागी छन् । 

पार्टीको झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित राप्रपा नेता कार्यकर्ताहरू कार्यक्रमस्थल पुगेका छन् । सभालाई सहभागी शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । नेताहरूले सम्बोधन गर्नुअघि कार्यक्रमस्थलमा विभिन्न बाजासहित पञ्चे बाजा समेत बजाइएको छ । 

गत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि बल्खु आसपासमा कार्यक्रमलाई मध्यनजर गर्दै प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । त्यस्तै राप्रपाले प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै स्वयंसेवकहरू पनि तैनाथ गरेको जनाएको छ । राप्रपाले ‘व्यवस्था बदलौँ,अवस्था बदलौँ’ भन्दै भ्रष्टाचार र कुशासनविरुद्ध सभाको आयोजना गरेको जनाएको छ । 

कार्यक्रममा राष्ट्रवादीसँग सरकार डराएर भृकुटी मण्डपमा कार्यक्रम गर्न नदिएको नेता राजेन्द्र गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप