मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली

मङ्गलबार, २६ चैत २०८१, १३ : १६
मङ्गलबार, २६ चैत २०८१

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस भगवान् राम र लक्ष्मण ज्ञान आर्जन गर्ने ठाउँ भएको बताएका छन् । मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेशसभाबाट यस्तो बताएका हुन् ।  

मधेस पुण्य, ध्यान, देवभूमि भएको चर्चा गर्दै उनले यस्तो भूमिबाट हामीले अहिलेसम्म के उपलब्धि हासिल गर्‍यो, त्यसबारे गहन चर्चा गर्नुपर्ने जरुरी रहेको औँल्याए । उनका अनुसार मधेसबाट अनेक देउता, भगवान् रामसहितकाले ज्ञान आर्जन गरेको पवित्र ठाउँ हो । 

यो ठाउँमा अनेक विद्धान, साहित्यकार, कवि तथा विद्धान उत्पादन गर्ने ठाउँ रहेको भन्दै उनले भने, ‘यो ठाउँ अन्तर्राष्ट्रियस्तरमा समेत परिचित छ ।’ मधेस सत्ययुगदेखि इतिहास बोकेको ठाउँ रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप