शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

दक्षिण कोरियामा राष्ट्रपति चुनावको घोषणा

मङ्गलबार, २६ चैत २०८१, १२ : ३८
मङ्गलबार, २६ चैत २०८१

सोल । दक्षिण कोरिया राष्ट्रपतिको निर्वाचनको घोषणा भएको छ । मंगलबार त्यहाँको सरकारले नयाँ राष्ट्रपति चयनका लागि जुन ३ मा निर्वाचनको घोषणा गरेको छ । 

डिसेम्बरको शुरुमा मार्सल ल लगाएर देशलाई संवैधानिक संकटमा धकेलेका राष्ट्रपति युन सुक येओललाई संवैधानिक अदालतले अपदस्थ गरेपछि चुनावको औपचारिक घोषणा गरिएको हो । येओललाई बर्खास्त गरेको चार दिनपछि यो निर्णय भएको हो । 

मे ११ सम्ममा उम्मेदवारहरूले नाम दर्ता गराइसक्नु पर्नेछ । मे १२ देखि औपचारिक रूपमा चुनावी अभियान सुरु हुनेछ । राष्ट्रपतिको पद रिक्त भएपछि ६० दिनभित्र निर्वाचन गराउनु पर्ने व्यवस्था संविधानले गरेको छ । 

यस अघि २०१७ को मार्च १० मा तत्कालीन राष्ट्रपति पार्क ग्युन-ह्ये लाई बर्खास्त गरेपछि करिब ६० दिनपछि मे ९ मा निर्वाचन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप